घरको छतबाट लडेर मृत्यु

समाचार

धनुषा, ९ कार्तिक । शहिदनगर नगरपालिका–५ पचहर्वा बस्ने सत्रुधन कापडकी छोरी २ वर्षीया सान्वी कुमारी कापडको आफ्नै घरको छतबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको दुई तल्लामाथि छतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ