भंगाहामा कर्फयु आदेश जारी

समाचार

महोत्तरी, १० कार्तिक । महोत्तरीको भंगहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । दुई समुदायबीच झडप भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो । हिन्दू सम्राट् सेनाले निकालेको शोभा यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा सुरु भएको थियो । त्यसपछि दुई समुदायबीच झडप शुरु भएको स्थानीयको भनाइ छ ।

स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । दुई समूह बिचको झडपमा ५ जना भन्दा बढी घाइते भएका छन् । झडपका क्रममा डिएसपी चन्देश्वर यादवसहित केही प्रहरी समेत घाइते भएका छन् ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी गराए अनुसार हाल अवस्था सामान्य भएको छ । उक्त स्थानमा ४ बजेदेखि कर्फ्यु लगाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ