वीरगन्ज, ११ कार्तिक । पर्सा क्षेत्र नम्बर १ को (ख) का प्रदेशसभा सदस्यको स्वतन्त्र लौरो छापका उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न टोलमा चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।
‘राष्ट्र निर्माणको अभियान ‘छडी’ छापमा मतदान’ भन्ने नाराका साथ बिहिबार रातीसम्म वडाको मिथिलानगर, डबरी टोल र वडा नम्बर ७ को रामटोलमा चुनावी छलफल तथा भेला कार्यक्रम सम्पन्न गरेका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सर्राफले आफनो अमूल्य मत पैसावाला उम्मेदवारलाई विक्री नगर्न आग्रह गरे ।
उनले भनेका छन्, ‘विगतका दिनमा चुनाव जितेर गएका नेताहरुले व्यापक भ्रष्ट्रचार गरेका छन, त्यही पैसाले पुन मत खरीद गर्न तपाईहरु माझ आउँने छन्, त्यस्ता भ्रष्ट्रचारीलाई आफ्नो अमूल्य भोट नबेच्न आग्रह गर्दछु ।’
उनले भने, ‘आर्थिक समाजिक रुपान्तरणको लागि तपाईको मत अमूल्य छ, यसलाई भ्रष्ट्रचारीको हातबाट बेच्यो भने, पुन देशमा भ्रष्ट्रचार निम्त्याउँछ र तपाईको शहर, गाउँ र देश विकास गर्न सक्दैन त्यसैले त्यस्ता भ्रष्ट्र नेताहरुसँग सावधान बस्नु पर्छ ।’
भ्रष्ट्रचारमा मुछिएका मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी माथि कटाक्ष मार्दै उम्मेदवार सर्राफले भने, भ्रष्ट्रचारीलाई पैसाको प्रलोभनमा आफनो मत बेच्यो भने, त्यसमाथि तपाईहरुको अधिकार हुदैन, यदी निशुल्क सहयोग गर्नुहुन्छ भने भोलीका दिनमा नेताहरुलाई कलर समातेर पनि आफनो काम धाकले गराउँन सक्नु हुन्छ, त्यसैले एउटा सचेत नागरिकको हैसियतले पनि आफनो अमुल्य मत विक्री नगर्नुस्, तपाईको हितमा काम गर्नेलाई नै भोट दिन आग्रह समेत उनले गरे ।
अहिले सरकारी स्कुलको शिक्षामा सुधारको आवश्यकता छ, सरकारी अस्पतालमा सुविधा नहुँदा गरिब जनता उपचार गराउँनबाट बन्चित भइरहेका छन् ।
विगतमा पनि मैले शिक्षा र अस्पतालको विषयमा आवाज उठाएकै छु । म संग भिजन छ, म चुनाव जिते सर्वप्रथम शिक्षामा सुधार ल्याउँने छु । सरकारी अस्पताललाई सुविधासम्म बनाउँने छु । कुनैपनि गरिब जनतालाई उपचार र शिक्षाबाट बन्चित हुन दिदिन्, सेवा गर्ने एकपल्ट मौका दिनुसु, उनले भने ।
अहिले आर्थिक अभावमा केहि दुव्र्यवसनीमा परेको युवाहरु अलपत्रमा परेका छन । उनले भने, मेरो योजना छ , ‘दुव्र्यवसनीमा परेका युवालाई सुधार केन्द्रमा आफनै खर्चबाट उपचार गराउँने छु । पूर्ण रुपमा निको भईसकेका युवाहरुलाई रोजगार र शिपको व्यवस्था मिलाउँन प्रतिबद्ध छु ।’
चुनावी सभामा सहभागि स्थानियले लौरो उम्मेदवार सर्राफलाई मत दिई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
तपाईको प्रतिक्रिया