कैलालीमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

समाचार

कैलाली, ११ कार्तिक । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा बा.१२ च २११४ नम्बरको कारले सु.प.प्र.०१–००८ प ५७५६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने ३३ वर्षीय शेर बहादुर पुनमगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, कैलारी गाउँपालिका–५ स्थित सडकमा से.६ प ५५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ