दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

रूपन्देही, ११ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लु.८१ प २५६६ नम्बरको मोटरसाइकल र लु.२८ प ४३८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा भएको हो ।

दुर्घटनामा लु.८१ प २५६६ नम्बरको मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय मुस्कान नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एड्मन सि.टि. अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका लु.२८प ४३८० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही असपतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ