महोत्तरीमा हिन्दु–मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन निर्देशन

समाचार

महोत्तरी, ११ कार्तिक । भंगहा–८ पडरियामा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले महोत्तरीका सिडियोलाई निर्देशन दिएका छन् ।

अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडियोसंग घटनाको बारेमा बिस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिएका हुन् ।

अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसंग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिएका छन् ।

बिहिबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री राम को नारा लगाउदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरुले ढुंगामुडा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

अध्यक्ष डा.दत्तले संयमित भएर एक–आपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ