काठमाडौं, १२ कार्तिक । गत स्थानीय निर्वाचनमा निर्वाचित राष्ट्रिय नभई अन्तर्राराष्ट्रियमै पहिचान बनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महापर्व छठको अनादर गरेको आरोप लागेको छ ।
विगत १६ वर्षदेखि देशकै संघीय राजधानी काठमाडौंको मुटु रत्नपार्कस्थित रानीपोखरीमा हुँदै आएको राष्ट्रियस्तरको छठ पर्वलाई यसपटक काठमाडौंको मेयर बालेनले हुन नदिने मनस्थितिमा पुगेको आयोजक समितिले जनाएको छ ।
वि.सं. २०६३ सालदेखि राजधानी काठमाडौं महापर्व छठ समारोह समितिलेले रानीपोखरीमा छठ पूजा गर्दै आएको थियो ।
महाविनाशकारी भूकम्पपछि पनि नरोकिएको महापर्व छठ पर्वलाई काठमेयर बालेनले यसपटक हुन नदिने बताइएको छ ।
समितिले शनिबार रानीपोखरीको डिलमै पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हो । समितिका संयोजक ई.राकेश कुमार साहले काठमाडौंका मेयरले रानीपोखरीमा छठ पर्व किन हुननसक्ने कारण नखुलाएर विभेदकारी नीति देखाएको आरोप लगाएका हुन् ।
उनका अनुसार हरेक वर्ष रानीपोखरीमा हुँदै आएको छठ पूजाका लागि एक महिना अगावैदेखि महानगरपालिका, प्रधानमन्त्री कार्यालय, संस्कृति मन्त्रालय, गृह मन्त्रालय, मधेशी आयोगलाई वातावरण बनाउन आग्रह गर्दै आएको थियो ।
सबै सरोकारवाला पक्ष सकारात्मक हुँदाहुँदै पनि मेयर बालेनकै कारण यसपटक रानीपोखरीमा छठ पूजा आयोजना हुन सकेको संयोजक ई.साहको आरोप छ । अध्यक्ष ई.साहले भने, ‘रानीपोखरी काठमाडौं महानगरको वडा नं. २८ अन्तर्गत पर्दछ । वडाअध्यक्षले सकारात्मक पहल गरेपनि मेयरकै कारण हुन नसकेको हो ।’
यसैगरी, समितिका अध्यक्ष मदन साहले राष्ट्रिय पर्वको रुपमा मान्यता पाइसकेको छठ पूजा तराई–मधेशको मात्रै नभई पहाड र हिमालमा पनि यसको व्यापकता बढ्दै गएको बताएका छन् । उनले यस्तो अवस्थामा महापर्व छठलाई काठमेयर बालेन रोक्नु आफैमा दुःखद रहेको भन्दै आपत्ति जनाएका छन् ।
अध्यक्ष साहले फेरि पनि काठमेयर बालेनलाई आग्रह गर्दै महापर्व छठको अनादर नगर्न आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया