जनकपुरधाम, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राना देउवा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेकी छन् ।
विशेषगरी तराई–मधेशसहित देशभरि मनाइने महापर्व छठ पूजामा सहभागी हुन नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी देउवा जनकपुरधाम आइपुगेकी हुन् ।
कांग्रेस नेतृ तथा पूर्वमन्त्री चन्दा चौधरीको पहलमा मधेश प्रदेश भ्रमणमा आएकी देउवाको यो भ्रमण आसन्न चुनावकेन्द्रित रणनीतिसमेत रहेको बुझिएको छ ।
उनी आइतबार दिनभरि छठ पूजा हुने घाटहरुको अवलोकन, भेटघाट र छलफलमा बिताउने छिन् भने सोमबार चुनावी रणनीतिबारे सत्ता गठबन्धन दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया