डा.देउवाद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्

समाचार

जनकपुरधाम, १३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले महापर्व छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।

नेपाली कांग्रेसकी नेतृ चन्दा चौधरीको पहलमा आइतबार जनकपुरधाम आइपुगेकी डा.देउवाले महापर्व छठ पूजा गरेकी छन् ।

जनकपुरधामस्थित गंगासागर पोखरीको छठ घाटमा कांग्रेसकी केन्द्रीय सदस्य डा.देउवाले छठ पूजा गरेको नेतृ चौधरीले जनाएकी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ