काठमाडौं, १३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठ पूजामा सहभागी भई पूजा गरेकी छन् ।
काठमाडौंस्थित गुह्येश्वरीमा छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।
गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् ।
तपाईको प्रतिक्रिया