रूपन्देही, १४ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
ना.६ ख ७९०९ नम्बरको बस र लु.२७ प ६९७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१२ जैकुटी बस्ने ४८ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया