मोरङ, १४ कार्तिक । झापा दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरेको अभियोगमा ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिकाका १७ वर्षीय ३ जना किशोर र सोही नगरपालिकाका १६ वर्षीय २ जना किशोर रहेका छन् ।
उर्लाबारी नगरपालिका–७ मौवा खोलास्थित छठ मेलामा गएको बेलामा उनीहरूको छुरा प्रहारबाट गम्भीर घाइते भएका दियुसको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया