रुपन्देही, १४ कार्तिक । ओमसतिया गाउँपालिका–४ पननीस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट ३ जनाको सोमबार साँझ मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ओमसतिया गाउँपालिका–४ पननी बस्ने १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र २४ वर्षीय वन्धना कुर्मीको ३५ दिनको छोरा नाम नखुलेको बच्चा रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका सिमा कुर्मीको भिम अस्पताल भैरहवामा, प्रमिला कुर्मीको मेडिकल कलेज भैरहवा र वन्धना कुर्मीको छोराको मेडिकल कलेज भैरहवामा उपचार क्रममा मृत्यु भएको हो ।
साथै कारको ठक्करबाट घाइते भएका अन्य २ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
हाल फरार रहेका कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया