५४ देशमा चिनियाँ प्रहरी स्टेसनः नयाँ प्रतिवेदनको दाबी

समाचार

काठमाडौं, १५ कार्तिक । हालका घटनाहरूको एक शृंखलाले विदेशमा रहेका आफ्ना नागरिकहरूको सन्दर्भमा कूटनीतिक मोर्चामा चीन अत्यधिक आक्रामक भइरहेको र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको कुनै पनि आलोचनाका लागि असहिष्णु भइरहेको दर्शाउँछ ।

मध्य अक्टोबरमा राष्ट्रपति सी चिनफिङलाई लक्षित गरी एक शान्तिपूर्ण प्रदर्शनकारीले बोलेको नारा र बोकेको प्लेकार्ड प्रति प्रक्रिया जनाउन बेलायतको म्यानचेस्टर चिनियाँ कूटनीतिक कर्मचारीले गर्दै गरेको आक्रमणले शासन सत्ताको स्थायित्वका लागि चीनले जेसुकै गर्ने दर्शायो ।

भरखरै पार्टीको बीसौँ काङ्ग्रेस सम्पन्न भयो, विदेशका लागि चीन छोडी जाने चिनियाँ नागरिकहरूको गतिविधिहरूलाई निगरानी गर्न निदरल्यान्डस्मा प्रहरी स्टेसनलाई चीनले व्यवस्थित गरिररहेको प्रतिवेदनहरू उदायो । यसअघि विदेश जाने चिनियाहरूसँग एक ट्याब राखेर कृत्रिम बौद्धिकता( आर्टिफिसअल इन्टेलिजेन्स एआई) तथा अन्य स्वरूपका उच्च प्रविधिको उपयोग गरी चीनले निगरानी गरिरहेको प्रतिवेदनहरू उदाएका थिए ।

विशेषगरीे विषय विदेशमा बसिरहेका उयुगुर मुसलमानमाथि चिनियाँ राज्यद्वरा अत्याचार गरिएको एक विषय सुनिएको थियो । चिनियाँ राज्यको गतिविधिको नयाँ आयामको निदरल्यान्डस्सम्बन्धी यो हालको कुरो निसन्देह स्पष्टरूपमा युरो तथा अन्य देशहरूमा प्रहरी स्टेसनहरू स्थापना गर्नु अवैध हो ।

प्रहरी स्टेसनहरूको स्थापनाको विषयको अनुसन्धान तथा रिपोर्ट स्पेनको एनजीओ सेफगार्ड डिफेन्डर्सले तयार पारेको थियो (१२ सेप्टेम्बर २०२२) जसको शीर्षक थियो “ वन हन्ड्रेड टेन ः चाइनिज ट्रान्सनेसनल पोलिसिङ गोन वाइल्ड” जसले अप्रिल २०२२देखि जुलाई २०२२सम्म चिनियाँ प्रहरीले दुई लाख तीस हजार भगौडाहरूलाई चीन स्वयं फर्किन राजी गराएको दर्शाउँछ ।

यो प्रतिवेदनले पाच महादेशभरि चीनले विदेशमा चिनियाँ प्रहरीहरूद्वारा सञ्चालित कम्तीमा ५४ प्रहरी सेवा केन्द्र स्थापना गरेको छ जसमध्ये स्पेन समेत केही विदेशका प्रहरी सेवा केन्द्रहरूमा चिनियाँ प्रहरीले प्रहरी अपरेसनहरू सञ्चालन गरिरहेको छ ।

डच विदेश मन्त्रालयले (२६ अक्टोबर २०२२)मा निदरल्यान्ड्समा चीनले दुई अवैध प्रहरी स्टेसन स्थापना गरेको प्रतिवेदनहरू उपर अनुसन्धान गरिरहेको जनायो । डच प्रसारक संस्थाल आरटीएल निउज तथा खोजी पत्रकारिताको मञ्च फलो द मनीद्वारा तयार पारिएको एक प्रतिवेदनमा निदरल्यान्डस्मा रहेका सरकार विरोधीहरूमाथ दबाब दिन यी प्रहरी केन्द्रहरूको प्रयोग गरिएको संकेतहरू सार्वजनिक गरिएको छ ।

यी केन्द्रहरूले प्रतिवेदनमा जनाए अनुसार चिनियाँ वाहन चालकहरूको इजाजत पत्र नवीकरण तथा वैवाहिक स्थितिमा परिवर्तन भएको घोषणा गर्ने जस्ता कानुनी सेवा उपलब्ध गराउने सुविधा दिइरहेको छ । डच विदेश मन्त्रालयले कूटनीतिक माध्यमबाट यस्ता केन्द्रहरूको स्थापना गरेको जानकारी चिनियाँ सरकारले कहिल्यै नगराएकोले यी केन्द्रहरू प्राविधिकरूपमा अवैध रहेको पुष्टि गरिसकेको छ ।

चिनियाँ सरकार विरोधी निदरल्यान्डस्मा बस्ने एकले आरटीएल निउज तथा फलो द मनीलाई रोटर्डम शहरको चिनियाँ प्रहरी कार्यालयद्वारा बोलाइएको बताएका थिए । शरणार्थीको हैसियत प्राप्त ती चिनियाँ नागरिकले आफूलाई अज्ञात फोन र म्यासेजबाट धम्कीहरू प्राप्त भएको र उनको नामबाट बमको चेतावनी दिइएको प्राप्त भएको जनाए ।

झेजिआङ प्रान्तको लिशुई क्षेत्रको प्रहरी बलद्वारा रोटर्डमको केन्द्र रिपोर्ट अनुसार खोलिएको थियो, लगत्तै यो संघाईको दक्षिणमा फेला पारियो जब कि आम्सटर्डम केन्द्रको सम्बन्ध फुजिआन प्रान्तको फुझउ शहरकोे प्रहरीसँग सम्बन्धित छ । दुबै केन्द्रहरूको सम्बन्ध पूर्वी सामुद्रिक क्षेत्रसँग हुने कारणहरूमा युरोपमा हुने चिनियाँ आप्रवासनहरूको मुख्य स्रोत भएकाले हो ।

सेफगार्ड डिफेन्डर्सले युरोपका १२ देश गरी पाँच महादेशका दर्जनौँ देशहरूमा चीनका प्रहरी सेवा स्टेसनहरू रहेको दाबी गर्छ । चिनियाँ अधिकारीहरूले फौजदारी प्रक्रियाको सामना गर्न आफ्ना लाखौँ नागरिकहरूलाई (अप्रिल २०२१देखि जुलाई सन् २०२२) देश फर्किन राजी गराएको सेफगार्ड डिफेन्डर्सले सार्वजनिक सुरक्षाका उपमन्त्री दु हाङवेइको भनाइ उल्लेगख गरी जनाउँछ ।

यो अनुसन्धानले जर्मनीको फ्राङ्कफर्टमा यी मध्ये एक प्रहरी स्टेसन रहेको आरोप लगाउँछ । प्रहरी अपरेसनहरूमा औपचारिकरूपमा दुई पक्षीय प्रहरीको बेवास्ता गरिएको र अन्तर्राष्ट्रिय कानुनको उल्लंन गरिएको यसले दाबी ग¥यो ।

रिपोट अनुसार अधिकारीहरूले चीनमा रहेका तिनका परिवारलाई पता लगाइ धम्की,तर्साइ, हिरासत वा जेलजस्ता माध्यमबाट दबाब दिएर विदेशमा रहेका संदिग्धलाई चीन फर्किन राजी हुन लगाउने जस्ता विधिको उपयोग गरे । नोभेम्बर २०२१को अन्त्यदेखि चीनले आफ्ना नागरिकलाई दक्षिण पूर्वका सात देश टर्की र युएईमा यात्रा नगर्न चेतावनी दिएको छ जसमा गम्भीर दूरसञ्चार अपराधहरूको स्रोत भएको बुझाइ छ ।

सेफगार्ड डिफेन्डर्सले बेइजिङका अधिकारीहरूले यी देशहरूमा बसिरहने चिनियाँ नागरिकहरू चाहे तिनीहरू दूरसञ्चार ठगी वा अन्य अपराधमा संलग्न भए नभएपनि उनीहरूलाई फर्काउन धम्कीको उपाय प्रयोग गरिसकेका छन् ।

चीनले एक नयाँ कानुन (२ सेप्टेम्बर २०२२) अंगीकार ग¥ये जुन १ डिसेम्बर २०२२देखि कार्यान्वन हुन गइरहेको छ त्यसले (ठगी, दूरसञ्चार ठगी , अनलाइन ठग जस्ता) निश्चित फौजदारी अभियोगका लाग चिनियाँ तथा विदेशीहरू विरुद्ध बाह्यभूभागीय क्षेत्रमा पूर्णरूपमा स्थापित गर्छ ।

राजी गराउने कार्यका लागि नयाँ उपकरणहरू सिर्जना गरिएका छनु र कागजको विकास गरिएका छन् जसमा चीनमा बालबालिकाको शिक्षाको अधिकारको लक्ष्यलाई अस्वीकार गरिएको छ र परिवारका सदस्यहरूका अन्य सीमाहरूको अस्वीकार गरिएको छ, संघद्वारा दोषी भएका केही गलत नगरेका आंशका बिनाका लागि सजाय दिइनु र सरकार दस्तावेजमा चीनमा रहेका नातेदारले प्रहरी वा आन्तरिक पार्टी प्रहरीद्वारा अनुसन्धान गरिनुपर्ने वा सजाय दिइनुपर्ने व्यक्तिलाई राजी गराउने प्रहरीको कार्यमा सहयोग नगर्नेलाई समेत सजाय दिइने जस्ता विषय समावेश छन् ।

अन्य विकास जुन बेलायतमा देखियो त्यो वास्तवमा राष्ट्रपति सी चिनफिङद्वारा विकास गरिएको ब्वाँसा योद्धा कूटनीति(उल्फ वारिअर डिप्लोमेसी)को भौतिक माध्यमको एक विस्तार हो जस अन्तर्गत हङकङका लोकतन्त्र समर्थक एक प्रदर्शनकारी म्यानचेस्टरस्थित चिनियाँ महावाणिज्यदूतको घेरा भित्र पिटिए । (१६ अक्टोबर २०२२)।

भिडियो फुटेजमा एक मानिसलाई पिटिएको जब कि बेलायती प्रहरी अधिकारी यो अराजक दृश्य तोडाउने प्रयास गरिएको देखियो ।ग्रेटर म्यानचेस्टर प्रहरीका एक प्रवक्ताले हङकङ प्रदर्शनकारीहरू संलग्न रहको म्यानचेस्टरस्थित चिनियाँ महावाणिज्यदूतका कार्यालयमा तीन बजे अपराह्न आइतबार १६ अक्टोबर २०२२का दिन भएको घटनाबारे प्रहरी जानकार रहेको बताए ।

म्यानचेस्टरस्थित चिनियाँ महावाणिज्यदूतको कार्यालय अगाडि हङकङका लोकतन्त्र समर्थक अभियानीहरूले आयोजना गरेको एक ¥यालीमा हिंसाभएको विषयमा प्रहरीहरू अनुसन्धान गरिरहेका छन् । एक भिडियोमा एक प्रदर्शनकारीलाई तानेर महावाणिज्यदूतको भूमिमा लगेर पिटिएको देखियो ।

बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौा राष्ट्रिय काङ्ग्रेस भइरहेका बेला महावाणिज्यदूतावास बाहर मानिसहरूको एक सानो समूह जम्मा भएर पोस्टर र ब्यानर राखिरहेका बेला हिंसा भड्कियो । भिडियोलाई नजिकिएर हेर्दा मानिसहरूको एक समूहले लोकतन्त्र समर्थक समूहमाथि अचानक आक्रमण गरिरहेको र झडप भड्किएको देखियो ।

अचानक भएको झगडामा एक प्रदर्शनकारीलाई गेटबाट महावाणिज्यदूतको गेट भित्र तानिएको र त्यहाँबाट एक बेलायती प्रहरी अधिकारीले तिनालाई सुरक्षित छोडाएर ल्याउनु अघिसम्म चिनियाँ अधिकारीहरूद्वारा पिटिएको फिल्म भिडियो बनाइयो ।

बब नाम गरेका ती प्रदर्शनकारीले महावाणिज्यदूतावासबाट मुख्यभूमिकाहरू आएर पोस्टरहरू च्यातचुत पार्न थालेको बताए । हामीले उनलाई रोक्न खोज्यौँ तिनले मलाई भित्र तानेर लगे , उनीहरूले मलाई पिटे , उनले बीबीसीको चिनियाँ सेवालाई भने साथै बेलायती प्रहरील आफूलाई त्यहाँबाट तानेर ल्याएको बताए ।

दुई दिन पछि बेलायती विदेश कार्यालयले चिनियाँ राजदूतलाई म्यानचेस्टरमा भएको सो हिंसाबारे बोलायो ।एसिया , ऊर्जा, जलवायु तथा वातावरण मन्त्री ज्याक गोल्डस्मिथले भने “ हामीले त्यो फुटेजबारे गम्भीररूपमा चिन्तित छौँ चिनियाँ महावाणिज्यूतको कार्यालयमा भएको जुन घटना हामी देखिराहेका छौँ ”साथै उनले भने “ बेलायतले ...चिनियाँ अधिकारीहरूसमक्ष हाम्रो दृष्टि स्पष्ट पा¥यौँ शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको बेलायतमा सम्मान गर्नै पर्छ ।”

स्पष्टरूपमा चीन किनारमा बसिरहेको छ । सी तत्व र शासनको स्थायित्व स्वाभाविकरूपमा अधिकांश चिनियाँ अधिकारी तथा कूटनीतिज्ञहरूको दिमागमा खेलिरहेका छन् । त्यसैले म्यानचेस्टरको घटनालाई विश्वभर घटेको हुन सक्ने यस्ता धेरै घटनाहरू मध्ये एकको रूपमा लिइनुपर्छ ।

यसका अतिरिक्त प्रहरी केन्द्रहरू स्थापित भइरहेका प्रतिवेदनहरूलाई कुनै आश्चर्यको रूपमा लिइनु पर्दैन किनकि चीनले देश भित्र र देश बाहिर उच्च प्रविधिको उपयोग गरी विरोध दबाउने यस्ता उपायहरूको उपयोग गरेको जगजाहेर छ ।चिनियाँ विरोधीहरूको गतिविधिहरूलाई निगरानी गर्न र दबाउन भौतिक साधनको प्रयोग यस प्रक्रियाको मात्र एक तार्किक कदम हो । यद्यपि तथ्य भनेको युरोपियन देशहरूलाई तारो बनाइँदै छ त्यसैले यो बाँकी विश्वका लागि एक चेतावनीको रूपमा कार्य गर्नुपर्छ । — स्रोतः गार्डियन डट कम

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ