स्रोत नखुलेको भारतीय नगदसहित खनाल पक्राउ

समाचार

कपिलवस्तु, १६ कार्तिक । यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका–१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ