रुपन्देही, १६ कार्तिक । १८ र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
सैनामैना नगरपालिका–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्की लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुबै किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया