आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री

समाचार

रुपन्देही, १६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय पालिकाको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन् ।

आगामी निर्वाचनको सुरक्षा तयारीका लागि लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

उनले आगामी निर्वाचन राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताए ।

गृहमन्त्री खाणले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने कार्यमा सुरक्षा निकायले २४ सै घण्टा खटेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई धन्यवाद समेत दिए ।

“सीमित स्रोत साधनका बाबजुद विषम परिस्थितिमा पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ”, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ