भारत सरकारद्वारा निर्वाचन आयोगलाई सवारीसाधन प्रदान

समाचार

काठमाडौं, १७ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका छन् ।

यी सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउनेछ ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका छन् ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ ।

सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ