राकेश प्रसाद चौधरी, जनकपुर, १८ कार्तिक । सर्लाही जिल्लामा कार्यरत प्रहरी हवदार राजेश साह जयसवालसहित पाँचजना इन्टेग्रीटी आइकन २०२२ का लागि छनौट भएका छन् ।
जयसवालले प्रदेशिक अस्पताल मलंगवामा सेवाग्राहीलाई गरेको सहयोग, उनीहरु देखाएको मानवताको कारण उनी छनौट भएको हो ।
अकाउन्टविलिटी ल्याब नेपाल सन् २०१४ देखि इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्रभित्रका त्यस्ता कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ । नेपालबाट ९ वर्ष अगाडी शुरु भएको इन्टेग्रीटी आईकन अभियान हाल विश्वका अन्य १५ देशमा विस्तार भईसकेको छ ।
यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई नेपालभरीबाट प्राप्तभएका ४१० मनोनयन बाट निर्णयक समितिले छनौट गरेका छन् ।
निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल थिए ।
जयसवालसहित इन्टेग्रीटी आइकन २०२२ का लागि सडक विभाग, काठमाण्डौकी इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौकी उपसचिव रोशनी देवीकार्की र सीमा प्रशासन कार्यालय नाम्चे सोलुखुम्बुकी शाखा अधिकृत सुजन कुमारी बर्देवा छनौट भएको अकाउन्टविलिटी ल्याब नेपालकी अस्मिता शर्माले बताइन् ।
तपाईको प्रतिक्रिया