निर्वाचन अधिकृतद्वारा मतदानस्थल निरीक्षण

समाचार

कैलाली, १९ कार्तिक । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल नेतृत्वको टोलीले आशन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा तोकिएका मतदानस्थलको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापासमेत संलग्न सो टोलीले क्षेत्र नं. ५ भित्र पर्ने बेला आधारभूत प्राथमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय मतदानस्थलको निरीक्षण गरेको हो ।

उनहरुले निर्वाचन क्षेत्र नं. ३ का विभिन्न मतदानस्थलको समेत निरीक्षण गरेका थिए । जिल्लामा २३७ मतदानस्थल तोकिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ