गाई गोरू चोरी निकासीमा संलग्न चार जना पक्राउ

समाचार

बारा, २१ कार्तिक । प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलबाट अवैध रुपमा १२ वटा गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–४ बस्ने २० वर्षीय ईसलाम अंसारी सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

हरपुरबाट भारततर्फ गाई गोरूहरू चोरी निकासी गरी लैजाँदै गरेको भन्ने सूचानाको अधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ