ट्याक्टरमा कार ठोक्किँदा एकको मृत्यु

समाचार

धनुषा, २१ कार्तिक । मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्याक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार राति दुर्घटना हुँदा कारमा सवार सर्लाही कबिलासी नगरपालिका–१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ट्याक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ