दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

समाचार

रूपन्देही, २१ कार्तिक । गैडहवा गाउँपालिका–२ सडहवास्थित सडकमा लु.५ प ९७३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लु.५ प ९७३२ नम्बरको मोटरसाइकल चालक गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासीको सि.टि अस्पताल भैरहवामा र लु.७६ प ३३७२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने १६ वर्षीय निरज लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ