पर्सा, २१ कार्तिक । बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारी बस्ने ४५ वर्षीय नागेन्द्र प्रसाद यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–२२ ड्राईपोट्र परवानीपुरस्थित सडकमा ना.८ ख ३८४९ नम्बरको टिपर ब्याक गर्ने क्रममा विद्युतको तार चुडिँदा ड्राईपोट्रबाट परवानीपुरतर्फ जादै गरेको ना.४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार यादवलाई करेन्ट लाग्दा गम्भीर घाइते भई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले हाल फरार टिपर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया