करेन्ट सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट

समाचार

पर्सा, २१ कार्तिक । पर्सागढी नगरपालिका–६ चैनपुर बस्ने परमेश्वर गिरीको घर गोठमा सोमबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ