आगलागीबाट १० लाखको धनमाल जलेर नष्ट

समाचार

मोरङ, २२ कार्तिक । सुनवर्षी नगरपालिका–८ कुडेली बस्ने ४५ वर्षीय प्रमानन्द मण्डलको घर र सोही ठाउँ बस्ने ४७ वर्षीया हिरीया देवी मण्डलको घरमा आगलागी भएको छ ।

मंगलबार आगलागी हुँदा दुवै जनाको घर र  अन्य सरसामन पूर्णरुपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ