जनकपुरधाम, २३ कार्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल सांस्कृतिक संघ मधेश प्रदेशले गठन गरेको प्रदेशस्तरीय प्रचारप्रसार तथा निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा गठन भएको नेपाल सांस्कृतिक संघ मधेश प्रदेश समितिले थप ११ जना सदस्यहरु मनोनयन गरेको संयोजक जिवनाथ चौधरीले जनाएका छन् ।
आसन्न निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनमा रहेका उम्मेद्वारलाई तथा समानुपातिकतर्फ कांग्रेसको रुख चिन्हमा विजय गराउनका लागि प्रचारप्रसार समिति गठन गरिएको मधेश प्रदेशका संयोजक चौधरीले जानकारी दिएका हुन् ।
समितिमा धनुषा जिल्लाका घनश्याम मिश्र, संजिव कुमार लामा, शान्ति विष्ट, मो.अताउल हक, निरज कुमार साह, लभ कुमार झा, सत्यनारायण साह, मो.फिरोज राईन, अनिल शर्मा ठाकुर, विनय यादव र अजय मण्डललाई मनोनयन गरेको हो ।
तपाईको प्रतिक्रिया