नियन्त्रित लागूऔषधसहित पक्राउ युवक पक्राउ

समाचार

रौतहट, २३ कार्तिक । चन्द्रपुर नगरपालिका–४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका–६ गुम्बाटोल बस्ने ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।

साथै राईले प्रयोग गरेको ना.४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ