मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

मोरङ, २३ कार्तिक । बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ठक्कर दिई दुर्घटना हुँदा प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३८ वर्षीय रिकेशराज ढकालको मृत्यु भएको छ ।

दुवै मोटरसाइकल बा.५ च २७५१ नम्बरको कार समेतमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को.७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ