कपिलवस्तु, २३ कार्तिक । यशोधरा गाउँपालिका–४ अम्लनहा बस्ने गणपत लोधको घरगोठमा आगलागी हुँदा डेढ लाखभन्दा बढीको क्षति भएको छ ।
मंगलबार राति आगलागी हुँदा भुस, काठपात लगायतका सरसामान जलेर करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया