देशैभर गठबन्धनको लहर : राठौर

समाचार

नेपालगन्ज, २३ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार किशोरसिंह राठौरले देशैभर गठवन्धनको लहर रहेको बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ अन्तर्गत् खजुरा क्षेत्रमा मङ्गलबार आयोजित कार्यक्रममा उनले निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

गठवन्धनका उम्मेदवारसमेत रहेका राठौरले गठवन्धनलको सरकारले घोषणापत्र अनुसार मुलुकलाई सुशासनसहितको समुन्नतिको बाटोमा अघि बढाउने उल्लेख गरे ।

उनले ७ दशक लगाएर नेपाली जनताले बनाएको संविधान र जनअधिकार कुष्ठित गर्ने प्रयास गरेकाले जनताले एमालेका पक्षमा मतदान नगर्ने दावी गरेका थिए ।

उनले बाँकेको खजुरा बजारको पूरानो साख फर्काएर यस क्षेत्रकै व्यापारिक एवं उद्यम केन्द्र बनाइने बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ