कांग्रेसका मोरङ ३ (क) का उम्मेद्वारको निधन

समाचार

विराटनगर, २३ कार्तिक । नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।

प्रदेश नं. १ का वनमन्त्रीसमेत रहेका थापाको निमोनियाबाट पीडित थिए । नोबल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।

नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ