शहरी विकासमन्त्री चौधरीलाई कारबाही गर्न मधेशी आयोगद्वारा निर्वाचन आयोगलाई पत्राचार

समाचार

काठमाडौं, २३ कार्तिक । संघीय शहरी विकासमन्त्री मेटमणि चौधरीलाई आवश्यक कारबाही गर्न मधेशी आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।

मन्त्री चौधरीले कार्तिक २१ गतेको प्राइम टाइम टेलिभिजनबाट प्रसारित “मङ्सिर ४ महासंग्राम“ कार्यक्रममा मधेशी समुदाय विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेका थिए ।

मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेशी आयोगमा उजुरी दर्ता गराएको हो ।

सो उजुरी दर्ता भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारवाही गर्न अनुरोध गरेको छ ।

अध्यक्ष डा.दत्तले मधेशी समुदायलाई लक्षित गरी यस्ता विभेदपूर्ण भाषण दिनु प्रति खेद व्यक्त गर्दै यस्ता अभिव्यक्तिहरु प्रति आयोग सचेत रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ