कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

सप्तरी, २४ कार्तिक । कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका–९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७६ असोज २ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएकोमा अदालको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ