ट्रकमा मोटरसाइकल ठोक्किँदाा एकको मृत्यु

समाचार

बाँके, २४ कार्तिक । कोहलपुर नगरपालिका–१३ स्थित सडकमा बिग्रिएर रोकी राखेको ना.५ ख ३४५९ नम्बरको ट्रकमा भे.९ प ७१३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–५ जि गाउँ बस्ने ३० वर्षीय गणेश योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ