कपिलवस्तु, २४ कार्तिक । महाराजगंज नगरपालिका–२ स्थित २ नम्बर वडा कार्यालय भवनको वडा अध्यक्ष कार्यकक्षबाट ढोकाको ताल्चा फोडेर चोरी भएको छ ।
कम्प्युटर मोनिटर २ थान, स्क्यानर १ थान, माउस २ थान र मल्टिप्लक १ थान गरी करिब १ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया