बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रूपन्देही, २५ कार्तिक । बुटवल उपमहानगरपालिका–१३ बेलबास चोकमा लु.६७ प ५३४९ नम्बरको मोटरसाइकललाई ना.५ ख ५१९५ नम्बरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार अर्घाखाँची मालारानी गाउँपालिका–४ बस्ने २५ वर्षीय महेश खनालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ