हार्डवेयर पसलमा आगलागी हुँदा ४ करोडको क्षति

समाचार

विराटनगर, २५ कार्तिक । बेलबारी नगरपालिका–१ ढुकुरे चोक बस्ने डबल खान ठकुरीको घरमा रहेको हार्डवेयर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

हार्डवेयर पसलको गल्लामा रहेको नगद ४ लाख रूपैयाँ, पसलका सामानहरु र घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन, अन्नपात तथा १ थान मोटरसाइकल जलेर करिब ४ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै आगलागीमा जलेर घाइते भएका बेलबारी नगरपालिका–१ बस्ने ३० वर्षीय भुषण ठकुरी र उनकी श्रीमती २८ वर्षीया नमिता ठकुरीलाई उपचारको लागि नोबेल शिक्षण अस्पताल बिराटनगर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ