बाँके, २५ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने नवराज खड्काको घरमा बिहीबार दिउँसो आगलागी भएको छ ।
आगलगीबाट घरभित्र रहेको लत्ताकपडा, फर्निचर लगायतका सरसमान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया