ब्राउनसुगरसहित ३ जना पक्राउ

समाचार

कैलाली, २६ कार्तिक । धनगढी उपमहानगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ३ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ डेरा गरी बस्ने सोही उपमहानगरपालिका–८ घर भएकी २० वर्षीया एलिसा चौधरी, सोही उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र सोही उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले एलिसा चौधरीको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ