इमरान खान, कपिलवस्तु, २७ कार्तिक । कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो समाजसेवी एवं जिल्ला प्रशिद्ध नेता स्वर्गीय विष्णु प्रसाद चौहानको छोरा दुर्गा चौहान र कपिलवस्तु जिल्लाकै सबैभन्दा कान्छो राप्रपाबाट चुनाव चिन्ह हलोबाट प्रदेश सभा सदस्य (बिधायक) को उम्मेदवार बनेका छन् ।
कपिलवस्तु जिल्लाको क्षेत्र २ (ख) बाट आफ्नो उम्मेदवारी दिएका छन् र उक्त क्षेत्र २ (ख) मा अरु पार्टीका उम्मेदवारभन्दा सबैभन्दा कान्छो उम्मेदवार हुन दुर्गा चौहान ।
कपिलवस्तु क्षेत्र २ (ख) मा जनसमुदायहरुको मर्का बुझी आफु उम्मेदवारी दिएको दुर्गा चौहानले बताए ।
कपिलवस्तु क्षेत्र २ (ख) मा अस्पताल हुँदा पनि बिरामी पुग्दा डाक्टर लाइ बोलाउन आधा घण्टा कुर्नु पर्ने त्यस्तै गरि शिक्षाको कमी,गरिब , मजदुर, किसानहरुले महगाइका कारण आफ्नो बच्चाहरूलाई उच्च शिक्षाबाट बन्चित गरी दुई छाक खानाका लागि बिदेश पठाउने बाध्य हुन्छन, खेलाडीहरुका लागि खेल मैदान को कमि ,कृषकहरुका लागि मल खाद तथा बिउ बिजन को कमी कृषकहरुले समयमा बिउ, मलखाद नपाएर चर्को मुल्यमा भारतबाट मल खाद ल्याउने बाध्य हुन्छन र यहाँ सम्म कि कपिलवस्तु जिल्लाको पहिचान सहित बिकासको पनि कमी रहेका ले यो सबै कुराहरु आफु नजिकै बाट हेरेका कारण सबै भन्दा कान्छो भए पनि आफुमा गर्ने अठोट रहेकाले आफु उम्मेदवारी दिएको दुर्गा चौहानले बताए ।
आफु जिते भने जनसमुदायहरुलाई दिएको अश्वासन लाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।अहिले को चहाना परिवर्तन हो र युवालाई मतदान गरी कपिलवस्तु जिल्लाको पहिचान सहित बिकासको लागि राप्रपा बाट चुनाव चिन्ह हालो लि दुर्गा चौहान प्रदेश सभा सदस्य (बिधायक) मा मतदान गरी युवा नेतृत्व लाई अगाडी बढाउने कपिलवस्तु जिल्लामा अहिले परिवर्तन को अवश्यकता रहेकोले युवालाई मतदान गर्ने कपिलवस्तु जनसमुदायहरुको भनाई रहेको छ। कपिलवस्तु क्षेत्र नम्बर २ (ख) को प्रदेश सभा सदस्यमा परिवर्तनकारी सोच, बिकाश प्रेमी, योग्य, दुरदर्शी र इमानदार राष्ट्रबादी ब्याक्तित्व दुर्गा चौहान लाई हलो चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउनु हुन सम्पुर्ण राष्ट्रबादी आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरुमा अनुरोध समेत गरेका छन् ।
राष्ट्र राष्ट्रीयता देश र धर्म जोगाउदै सुशासन र समृद्धी ल्याउन समग्र क्षेत्रको बिकासको लागी राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु क्षेत्र २ (ख) प्रदेश सभाका सदस्य प्रत्यक्ष उम्मेदवार समाज सेवामा निरन्तर लागि परेका सभ्य, सालिन, भद्र, सरल स्वभावका, दुरदर्शिता भएका दुर्गा चौहानलाई हालोमा आफ्नो अमुल्य मत दि भारी बहुमतले विजयी गराउन सम्पुर्ण मतदाताहरु अनुरोध समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया