रुपन्देही, २७ कार्तिक । नागरिक उन्मुक्ति पार्टी रुपन्देहीले क्षेत्र नम्बर ३ (क) लगायत जिल्लामा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ ।
यहि मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी रुपन्देहीले पनि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई तीव्रता दिएको पाटीकी प्रदेश सभा सदस्यको उम्मेदवार किरण गुप्ताले बताएकी छन् ।
जिल्लाको समग्र विकास, भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, नागरिकता बिधेयक, समाजमा सुशासन कायम गर्न, कृषि क्षेत्रको समग्र बिकास र किसानको समस्या समाधान लगायत जेष्ठ नागरिक र असहाय बालबालिकाको संरक्षण र ब्यवस्थापन , निशुल्क शिक्षा तथा स्वास्थ्यमा पहल ,छाडा पशु चौपाया र फोहोर ब्यवस्थापनको लागि आफ्नो उम्मेदवारी परेको भन्दै गुप्ताले मङ्सिर ४ मा हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको ढकिया चिन्हमा मतदान गरि विजयी गराउन जिल्लावासीलाई अनुरोध गरेकी हुन् ।
गुप्ताले आफुहरुले अहिले जिल्लाका अधिकांश भुभागमा गरेका चुनावी भेटघाट कार्यक्रममा आफ्नो पार्टी प्रती जनताको लहर बढ्दै गएको बताउनु भएको छ । पछिल्लो समयमा जनतामा आफ्नो पार्टी प्रती विश्वास बढ्दै गएको र रुपन्देही जिल्लाबाट जनताले आफुहरुलाई विजयी गराउने विश्वास व्यक्त गरेकी हुन् ।
लामो समयसम्म जिल्लामा विभिन्न सामाजिक कार्यमा आवद्ध हुनु भएको प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार किरण गुप्ताले देशको निकास दिन सक्ने शक्ति नागरिक उन्मुक्ति पार्टी नै हुने बताएकी हुन् । — उर्मिला यादव यात्री
तपाईको प्रतिक्रिया