इमरान खान, कपिलवस्तु, २८ कार्तिक । जनता समाजवादी पार्टी कपिलवस्तुद्वारा क्षेत्र नम्बर २ (ख) मा चुनावी र्याली, कार्यकर्ता भेटघाट अभियानलाई तीव्रता दिएको छ ।
जसपा कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डाक्टर अब्दुल रसिद खाँद्धारा अयोजित र्याली, कार्यकर्ता भेटघाट एवं घरदैलो कार्यक्रम भब्य रुपमा गरेका छन् ।
विगत वर्षाैदेखि विभिन्न दलहरूले यस क्षेत्रमा राज गरे तर कपिलवस्तुको पहिचान सहित विकास केही पनि गर्न नसकेको उम्मेदवार डा.खाँले बताए ।
कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्रमा एउटा राम्रो उच्चस्तरको क्याम्पस , सुविधा सम्पन्न स्वास्थ्य अस्पातल नहुनु दुखद कुरा रहेको खाँको भनाइ रहेको छ ।
कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ को (ख) मा गुणस्तरीय शिक्षाको पहुँच, गुणस्तरीय स्वास्थ्य , सडक ,कृषि र पर्यटनको विकासका लागि चुनव चिन्ह छाता मतादान गरी भारी मतले जिताउन उम्मेदवार खाँले सबै मतदातासँग आग्रह गरेका हुन् ।
कृषकहरुलाई समयमा मल खाद बिउहरु उपलब्ध नहुनु ठुलो बिडम्बना को कुरो रहेको छ । यस क्षेत्र बाट वर्षाैंदेखि बिभिन्न दलका शीर्ष नेताहरुले राज गरे तर कृषकका मर्का बुझना सकेनन र बिकास गर्न सकेनन कपिलवस्तु जिल्लाको एक आर्कै पहिचान रहेको छ राजा शुद्धोधनको राजधानी तथा भगवान गौतम बुद्ध को जिवनी बितेको एउटा आफ्नै पहिचान रहेकोले यसलाई अगाडि बढाएनन् ।
पराटकियले भरे परेको कपिलवस्तु जिल्लाको पहिचान समेत गराउना सकेनन यस्तो आवस्था हेरेरा आफु उम्मेदवारी दिएको डाक्टर अब्दुल रसिद खाँले बताए ।
बिगत को मधेस अन्दोलन देखि मधेश र मधेशी ,आदिवासी, जनजाति ,दलित ,मुस्लिम ,महिला , पिछडवार्ग लगायतको हकअधिकारका को लागि डा.अब्दुल रसीद खाँ अग्रपङ्तीमा रहेर भुमिक निर्वाह गर्दै अएका छन् ।
खाँले आफ्नो ज्यानको बाजी लगाएर मधेसी, अधिवासी, मुस्लिम, जनजाति, दलित, महिला लगायत अल्पसंख्यक समुदायका लागि अन्दोलनमा अग्रपङ्तीमा रहेर योगदान गरेको सर्वतितै छ । डाक्टर अब्दुल रसिद खाँ जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत हुन् ।
रयाली, कार्यकर्ता भेटघाट एवं घरदैलो अभियानमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जसपा नेपालकी समानुपातिक उम्मेदवार साधिका यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, जसपा नेपालका केन्द्रीय सदस्य राम निवास यादव, युवा नेता इरफान खान लगायत ५ सय भन्दा बढी कार्यकर्ता तथा जनसमुदायहरुको उपस्थितिमा कार्यकर्ता भेटघाट एवं घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
डाक्टर अब्दुल रसिद खाँद्वारा सम्पूर्ण कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ को (ख) का सम्पूर्ण मतदाताहरुसँग आफ्नो अमुल्य मत चुनाव चिन्ह छातामा दिई भारी बहुमतले विजयी गराउन सम्पुर्ण मतदाताहरुमा अनुरोध समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया