रूपन्देही, २८ कार्तिक । लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मुग्लाहास्थित सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु.३४ प ७७२२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
पैदलयात्री सोही नगरपालिका मुग्लाहा बस्ने ६५ वर्षीया कपुर निशाको आइतबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया