पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु

समाचार

सिरहा, २८ कार्तिक । मिर्चैया नगरपालिका–१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत–२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज–२२ बस्ने नन्दलाल दासको छोरा १० वर्षीय नितेश कुमार दास रहेका छन् ।

आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ