ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

नवलपरासी(पश्चिम), ३० कार्तिक । सुस्ता गाउँपालिका–३ सेखवनास्थित खेतवारी जोतेर बाटोमा निस्कने क्रममा लु.२ त ८७६९ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय कृष्ण पासवानको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ