काठमाडौं, २ मंसिर । मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा तथा संघीय सभाका उम्मदेवारहरूलाई दिइएको प्रचार प्रसारको समय आज बिहीबार सकिने भएको छ ।
सत्ता गठबन्धन तथा प्रतिपक्ष गठबन्धन दुवैका उम्मेदवार जति सबैले आफूले चुनाव जित्ने दाबी गरेका छन् । विभिन्न मिडियाका निर्वाचनसम्बन्धी स्थलगत रिपोर्टका आधारमा केही ठाउँ नयाँ राजनीतिक दलले चुनाव जित्ने प्रक्षेपण गरिएको छ ।
कतिपय शीर्ष नेताहरूलाई यो पटकको निर्वाचनमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिएको छ । मधेशवाणीको मधेशमा गएको टोलीले संकलन गरेको रिपोर्टमा मतदातामा उत्साहको कमी देखिएको छ ।
संसदमा स्थापित मधेशका शीर्ष नेतहरूलाई विशेष चुनौती थपिएको छ । केही क्षेत्रमा केही नतिजा आए अचम्म मानुपर्ने अवस्था छैन् । संसदमा रहेका दलका अतिरिक्त कतिपय ठाउँमा नयाँ राजनीतिक दलका उम्मेदवारले पुरानालाई कडा टक्कर दिइरहेका छन् ।
यसअघि मधेशका राजनीतिक दलको वर्चस्व घटेर नयाँ दलमा जाने कतिपय स्थानीयहरूको भनाइ रहेको छ । मधेशका मतदाताहरूले केही स्थानहरूलाई विशेषरूपले नियालिरहेका छन् ।
सप्तरी २ र धनुषा ३ निर्वाचन क्षेत्रको अवस्थामा परिवर्तन आएको छ । गएको निर्वाचनमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी दुवै शक्ति मिलेर चुनाव लडेको थियो ।
सप्तरी २ मा दुवै शक्ति छु्ट्टाछुट्टै चुनाव लडिरहेका छन् भने मधेशमा किसान आन्दोलन गरी चर्चा कमाएको जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीबाट चुनाव लडिरहेका छन् जहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लडिरहेका छन् ।
गठबन्धनका हिसाबले लोसपाका उम्मेदवार बलिया भएपनि सीके राउतको उम्मेदवारीले यहाँको आकलनलाई तरल बनाइ दिएको अवस्था छ । यसै भन्न गाह्रो भएको त्यहाँको स्थानीयहरूको भनाइ रहेको छ ।
मधेश प्रदेशको राजधानी भएको जनकपुर उपमहानगरपालिकाका वडाहरू समेत सामेल गरी बनेको धनुषा ३मा यस पटक विमलेन्द्र निधिको समानुपातिक कोटामा जाने निर्णयले प्रतिस्पर्धा रोचक बनाइ दिएको छ ।
अघिल्लो पटक राष्ट्रिय जनता पार्टीका नेता हाल लोसपाका नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए । लोसपाबाट यस पटक अनिल झालाई उम्मेदवारी दिन लगाइएको छ ।
यो क्षेत्रबाट नेकपा एमालेको तर्फबाट जुली महतो प्रतिस्पर्धामा छिन् । यसअघि निधिसँगको प्रतिस्पर्धामा जुली महतोले झण्डै हराइदिएको अवस्था थियो । बडो कठिनसँग निधि जितेका थिए । निधि नभएकाले जुलीलाई सहज भएको उनका प्रचार प्रसारमा खटिनेहरूले दाबी गरिरहेका छन् ।
केही अघिसम्म हलुङ्गो देखिएका झालाई आफ्नै माग बमोजिम धनुषा ३ नम्बर क्षेत्रमा बोलाइएको भनी निधिले दिएको अभिव्यक्तिबाट केही सुधार भएको स्थानीयहरूको भनाइ रहेको छ । तर प्रतिस्पर्धा भने कठिन भएको स्थानीयहरूको भनाइ रहेको छ ।
मूलरूपमा दुई गठबन्धनका उम्मेदवारहरू बीच नै मुख्य प्रतिस्पर्धा रहने गरिएको आकलन अनुसार नतिजा आउने हरेक प्रदेशका हाल सम्म गरिएका विभिन्न किसिमको आकलनको तुलनात्मक अध्ययनले देखाएको छ ।
प्रचार प्रसार सकिने बेलासम्म आम मतदातामा उत्साह नआएकाले उम्मेदवारहरूले मौन अवधिमा गरिने अनौपचारिक प्रयासमा ध्यान दिने देखिएको छ ।
व्यक्ति व्यक्तिको भेटघाटको माध्यमबाट टोही प्रचारको माध्यमबाट यो मौन अवधिमा उम्मेदवारहरूले अन्तिम प्रयास गर्ने छन् । जुन उम्मेदवारको पहुँच जतिधेरै हुन्छ त्यसले त्यसै अनुरूपको अन्तिम प्रतिस्पर्धा गर्ने स्थानीहरूको भनाइ रहेको छ ।
यो निर्वाचनबाट यसअघि मधेश केन्द्रित राजनीतिक पार्टीको वर्चस्व मधेश प्रदेशमा गुम्ने आंशका बढाएको छ । आंशका बढ्नुमा उनीहरूको विगतको व्यवहार र जसपा र लोसपमा दुई छुट्टा छुट्टै गठबन्धनबाट लड्नुका साथै सीके राउतको पार्टीका उम्मेदवारले विगतको वर्चस्वमा हेरफेर हुने सम्भावना देखिएको स्थानीयहरूको भनाइ रहेको छ ।
तपाईको प्रतिक्रिया