काठमाडौं, ३ मंसिर । मधेशी एकता समाजले दुबईस्थित आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा १९ वर्षसम्म ईन्जिनियरको रुपमा काम गरेका सञ्जय ज्यामिरे यादवलाई बिदाई गरेको छ ।
१९ वर्षसम्म आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा ईन्जिनियरको रुपमा कार्य गर्दै आएका यादव स्वदेश फर्कन लागेका हुन् ।
यादव रौतहट जिल्लाको बन्कुल निवासी हुन् । समाजले उनको सम्मानमा रीम आइल्याण्डमा १७ नवम्बर विदाई कार्यक्रम आयोजना गरेको थियो ।
सो सम्मान बिदाई कार्यक्रममा समाजका अध्यक्ष मुकेश झा, संस्थापक डा. रविन्द्र कुमार यादवले उनलाई कोशेली भेट समेत दिएको थियो ।



तपाईको प्रतिक्रिया