जनकपुरधाम, ४ मंसिर । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मतदान गरेका छन् । अध्यक्ष डा.दत्तले जनकपुरधाम वडा–११ मा रहेको सकल भवन कन्या उच्च मा.वि मा पुगी मतदान गरेका छन् ।
मतदान गरिसकेपछि अध्यक्ष डा.दत्तले सबै मतदाताहरुले उत्साहपूर्वक आ–आफ्नो मतदान केन्द्रमा पुगी मतदान गर्न समेत आग्रह गरेका छन् ।
अध्यक्ष डा.दत्तले आफु सहित सबै संवैधानिक आयोगका पदाधिकारीहरु निर्वाचनलाई स्वच्छ बनाउन स्थलगत अनुगमनमा विभिन्न स्थानमा पुगेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया