सप्तरी २ मा दोब्बर मतले डा.राउतको अग्रता कायमै

समाचार

सप्तरी, ६ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको अग्रता कायमै छ ।

सुरुवातदेखि नै डा.राउतले अग्रता बनाउँदै आएका छन् । ताजा मत परिणामअनुसार डा.राउतले १३७६९ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ६९५१ मतका साथ दोस्रो स्थानमा छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुर २८५७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ